आज: 

दुवै मृगौला फेल सुरजले गरे सहयोगका लागी अपिल

५ आश्विन २०७६, आईतवार १८:४९ मा प्रकाशित ( १ साल अघि)
शिलशिला
201 Views


असोज ५, २०७६,
दुवै मृगौला फेल भएका काभ्रेका सुरज मगरको उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । तेमाल गाउँपालिका वडा नम्वर ९ ढुंगेटार निवासी मान बहादुर मगरका कान्छो छोरा सुरजको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि परिवारले आग्रह गरेको हो । १५ वर्षिय सुरजको २०७५ मंसिरदेखी दुवै मृगौला फेल भएको थियो ।
अहिले हप्तामा दुइपटक भेनस हस्पिटल बानेश्वरमा उनको डाइलोसिस भइरहेको छ । यसका लागि धेरै नै खर्च लागेकाले घरको जायजेथा बेचेर उपचार गरिरहेको उनका बुवा मानबहादुर मगरले बताए । छोराको उपचारमा लागेका बुवा मानबहादुर आफै पनि अस्वस्थ छन् । उनको पनि सोहि अस्पतालमा उपचार भइरहेको छ ।
छोराको उपचारका लागि सुनगाभा बालुवा वास तथा सप्लायर्सले २० हजार सहयोग गरेको छ भने त्यो बाहेक अन्य सहयोग कतैबाट नपाएको परिवारले जनाएको छ । उपचारको क्रममा आफुसँग भएको जायजेथा सबै बिक्रि गरिसकिएको र उपचारमा सहयोगको मात्र भर रहेकाल सहयोग गरिदिन सबैमा परिवारको आग्रह छ ।