आज: 

टीकाको दिन काठमाडौँमा निःशुल्क बस चढ्न पाइने

१७ आश्विन २०७६, शुक्रबार २२:१० मा प्रकाशित ( ११ महिना अघि)
शिलशिला
231 Views

टीकाको दिन काठमाडौँमा निःशुल्क बस चढ्न पाइने भएको छ। विजय दशमीको दिन असोज २१ काठमाडौँ मुख्य मुख्य सातवटा रुटमा नेपाली सेनाले निःशुल्क बस चलाउने भएको हो।
दसौंको दिन सबै जना आफ्नो आफन्तसंग रमाउने आफू भन्दा ठुलाको हाताबाट टीका लगाउने र सबै जना ब्यस्त हुनेहुनाले
दसैँमा सार्वजनिक यातायात नचल्ने भएकोले सेनाले सर्वसाधरणलाई सुविधा दिने भएको हो।
नेपाली सेनाले अघिल्ला दसैँमा पनि यस्तो सुविधा दिएको थियो। यो सेवाबाट धेरै यात्रुहरूलाई सहज हुनेछ ।