आज: 

समाचार लेखेका भरमा धम्की दिएकोमा युनियन बाजुराको बिज्ञप्ती ।

२१ आश्विन २०७६, मंगलवार ०६:२३ मा प्रकाशित ( ११ महिना अघि)
शिलशिला
285 Views

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा समाचार लेखेको आधारमा हाम्रा कुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई डर, त्रास र धम्की दिने कार्य प्रति नेपाल प्रेस युनियन बाजुराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रेस युनियन बाजुराका सचिब प्रशान्तराज जोशी र नेपाल प्रेस युनियन बाजुराका केन्द्रिय पार्षद रामबहादुर दानीद्धारा हस्ताक्षरित विज्ञप्तीमा पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसमा सजक रहन सबैलाई आग्रह गरिएको छ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचारका भरमा कसैलाई डर त्रास देखाउनु गैरकानुनी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । समाचारको बिषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्न युनियले आग्रह गरेको छ । पत्रकार माथि डर त्रास देखाउने, धम्की दिने कार्य नरोकिए प्रेस युनियन बाजुरा आन्दोलनमा उत्रने विज्ञप्तीमा उल्लेख गरिएको छ ।