आज: 

काभ्रेमा मिनिट्रक दुर्घटनामा तीनको मृत्यू

२४ आश्विन २०७६, शुक्रबार १९:३२ मा प्रकाशित ( ११ महिना अघि)
शिलशिला
240 Views

काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु सहित अन्य घाइते भएका छन ।
जिल्लाको बिकट गाउँपालिका महाभारत गाउँपालिकाबाट बनेपा आउदै गरेको बा ३ ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले बताएका छन् । उक्त गाडीमा दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु हुनसक्ने वडाध्यक्ष लामाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार दुर्घटना भएको भन्ने जानकारी आएको हुँदा प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी पठाइ सकेको जनाएका छन् । एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको बताएका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।