आज: 

राजु परियार र शान्ति श्री को आवाजमा नबोलाउ हैं निष्ठुरी

३ कार्तिक २०७६, आईतवार ०७:०५ मा प्रकाशित ( ११ महिना अघि)
शिलशिला
293 Views
  1. राजु परियार र शान्ति श्री परियारको आवाजमा रहेको निकै मार्मिक लोक दोहोरी गीत नबोलाउ हैं निष्ठुरी बोल्को गीत भर्खरै बजारमा आयको छ। यो गीतमा शब्द नबिन बिरही श्रेष्ठको रहेको छ भने लय एरेन्ज पुर्ण सम्योग ले गरेका छन ।उक्त गीतको भिडियो निर्देशन नबिन बिरही श्रेष्ठले नै गरेका छन । छायांकन महेश महरा र पर्तिक बहादुर श्रेष्ठको रहेको छ।ड्रोन प्रेटर ,सानु हबिक र सन्तोष महराले गरेका छन । श्रीङ्गार सञ्जु ढकाल र सङीता साही ठकुरीको रहेको छ। गीतमा अभिनय नबिन बिरही श्रेष्ठ र रन्जिता लामाले गरेका छ न भने उक्त गीतको भिडियो सम्पादन चेतन सागरको रहेको छ। अहिले बजारमा विभिन्न खालको गीतहरु आई रहेका छ्न । यसै क्रममा नवीन श्रेष्ठले अलि पृथक खालको गीत बजारमा लिएर आएका छन । ब्लड क्यान्सरले आफ्नो मायालु लाई जीवन र मृत्युको संघारमा पुराएको जतिसुकै जे गरे पनि आफ्नो मायालु लाई बचाउन नसकेको र आफ्नो बालापनको माया लुकाई रहदा आफ्नो माया गुमि सकेको पत्तो नपाएको र जब मायाको भिक्षा माग्न फुल लियर सरण पर्दा आफ्नो मनको मान्छेलाई ब्लड क्यान्सरले तहस नहस पारी सकेको मर्म स्पर्शी दृश्य यो गीतमा देख्न सकिन्छ ।