आज: 

बाजुराको ढम्कनेमा आलु महोत्सव

१८ कार्तिक २०७६, सोमबार २०:०६ मा प्रकाशित ( १0 महिना अघि)
शिलशिला
312 Views

२०७६ कात्तिक १८, धन बहादुर बोहोरा

आलु महोत्सव हुने ढम्कनेमा बाजुराको बडिमालिका नगरपलिकाको वडा न. ७ ढम्कनेमा यहि कार्तिक २० गते देखि २२ गते सम्म ढम्कनेमा आलु महोत्सव हुने भएको छ । “आलुको उत्पादन प्रशोधन र बजारिकरण हाम्रो अभियान ढम्कनेको स्थानीय अर्गानिक आलुुु बाजुराको पहिचना भन्ने मुल नाराका साथ आलु महोत्सव सञ्चालन हुन लागेको हो ।जैविक मलबाट उत्पादित आलुको बजार प्रबद्धन गर्ने उद्देश्यले आलु महोत्सवको आयोजना गर्न लागेका हुन । आलु महोत्सबको अवसरमा ढम्कनेमा एक लाख किलोको आलुको पहाड बनाउने आयोजक संस्था ढम्कने कृषी सहकारी संस्था लि.का अध्यक्ष नरवहादुर रोकायाले बताउनुभयो ।‏

बिषाधिमुक्त गोठेमलबाट उत्पादिन कार्डिन आलु र स्थनीय जातको आलुु स्वास्थ्यको लागि अत्यन्त उपयोगी ठहरिएकोले खान प्रयोगका लागि लगाउने गर्दछन। डेजिरे नामको आलु “बिऊ” उत्पालदनका लागि लगाइएको छ । आलुको पकेट क्षेत्र घोषण गरिएको ढम्कनेको आलु बजारिकरण गर्न आवस्यक रहेको कृषी ज्ञान केन्द्र बाजुरा प्रमुख गोबिन्द सिजापतीले जानकारी दिनुुभएको छ । गत आर्थिक वर्षको रेकर्ड अनुसार ढम्कनेमा एक हजार क्वीन्टल आलु उत्पादन भएको थियो । बाजुराका १ हजार ९ सय १५ हेक्टर जमिनमा २० हजार ४ सय ७० मेट्रिकटन आलु फलेको छ । विगतको तुलनामा प्रतिहेक्टर १० दशंलव सात प्रतिसतले आलु उत्पादन भएको छ । ” ढम्कनेको कुल ८० हेक्टर जमिन मध्ये ६५ हेकटर जमिनमा आलु फल्छ । ढम्कनेभरिको सबै जमिनमा आलु फलाउन सकिने ज्ञान केन्द्र प्रमुख सिजापतिले बताउनुुभएको छ । तर, कृषक ब्यबसायिक आलुु खेती तर्फ अझै आकर्षसित नभएको र स्थानीय आलुुले उचित बजार पाउन नसकेको ज्ञानकेन्द्र प्रमुख सिजापतिले जानकारी दिनुुभयो ।महोत्सवभरि प्रति किलो तिस रुपैंयाका दरले आलु बिक्री गरिने आयोजकले बताए। ३० बढि आलुका परिकार खान पाईन्छ । महोत्सवमा कृषकलाई आलुको बारेमा जानकारी दिन नेपाल कृषी अनुसन्धान केन्द्र बरिष्ठ बैज्ञानिक एबं आलुबिज्ञ कालीप्रसाद उपाध्याय र कृषक वीच अन्तरक्रिया गराईने छ । बाजुरामा खुमल रातो र स्थानीय जातको आलु पाईन्छ गोठेमलको प्रयोगमा उत्पादित जुनसुकै जातको आलु पनि स्वास्स्थयका लागि उपयुक्त मानिन्छ ।बाजुरामा उत्पादित आलु गोठेमलको प्रयोगबाट उत्पादन हुने भएकोले खानलाई पनि स्वास्थ्यका लागि राम्रो र विऊका लागि अति उत्तम मानिएको कृषीबिज्ञले बताएका छन् ।“ जिल्लामा प्राप्त मात्रमा आलु उत्पादन हुन्छ । तर, अगार्निक आलुको प्रचारप्रसार नहुंदा उचित बजारिकरण गर्न सकेका छैनौं । स्थानीय उत्पादनलाई बढवादिने उद्देश्यले बडीमालिका नगरपालिका, कृषी ज्ञान केन्द्र, र सरोकारवाला संग सहकार्य गरी ढम्कने कृषी सहकारी संस्थाको आयोजनामा बाजुरामा पहिलो आलु महोत्सवको ”आयोजना गर्न लागेको बडीमालिका नगरपालिका वडानं ७ का वडाअध्यक्ष धर्मराज पाध्याले बताएका छन । महोत्सवमा स्थानीय रैथाने बालीको स्टल र खानाका परिकारहरु , आलुका परिकार तयारी तथा तालिम प्रदशनी र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती तथा स्थानीय झांक्री ,गित, नृत्य र देउडाको प्रस्तुतती गरिने आयोजक संस्थाका सदस्य लोकेन्द्र रोकायाले जानकारी दिनुुभयो ।महोत्सवका लागि बडीमालिका नगरपालिकाले दुुइलाख रुपैंया , कृषी ज्ञान केन्द्रले दुुईलाख रुपैंया र अन्य संघ संस्थाबाट पनि सहयोग माग गरेको आयोज संस्थाका पदाधिकारीले जानकारी दिनएका छन् । महोत्सवमा तिस लाख रुपैया वरावरका आलु बिक्री गर्ने लक्ष्य रहेको आयोजकले बताउनु भयो । सुदुरपश्चिम प्रदेश , भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले आलु महोत्सवको उद्घाटन गर्नु हुने भएको छ ।यद्यपी आयोजना स्थल ढम्कने पुुग्न मार्तडी कोल्टी सडक खण्ड कच्चीवाटो का कारण ह्यभी मालवाहक गाडी तथा साना सवारी साधानको प्रयोग गर्न कठिनायी भएको छ। महोत्सव सफल पार्न तत्काल सडक सञ्जालको स्तरउन्नती गर्न आवस्यक छ ।पछिल्लो समयमा बाजुरामा पर्यटन प्रबद्धनका सवलमा छेडेदह महोत्सव, ब्यापार प्रबधनका लागि उद्योग महोत्सव , खेलकुद महोत्सव लगायतका महोत्सवको आयोजना गरेर स्थानीय स्तरमा जनसहभागितको सक्रियतामा स्थानीय आयआम्दानी बृद्धी गर्न सकिने छ ।