आज: 

पत्रकार तेजु खड्काको कङ्काल भेटिएपछि डोटीबाट पत्रकारसहितको टोली बाजुरामा पुग्यो ।

५ मंसिर २०७६, बिहीबार १४:३४ मा प्रकाशित ( १0 महिना अघि)
शिलशिला
295 Views

धन बहादुर बोहोरा बाजुरा, २०७६,मंसिर ५,
बुढीनन्दाको दर्शन तथा रिपोर्टिङ गर्न गएका बेला बेपत्ता भएका नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक सभापति तथा रेडियो बुृढीनन्दामा कार्यरत पत्रकार तेजु खड्काको १४ महिनापछि कङ्काल भेटिएको छ ।
बुढीनन्दा जाने बिच बाटोमा पर्ने लौरी बिनायकको दुई घण्टा तल खोला नजिक पर्स , झोला ,लाइसेन्स ,अवशेष भेटिए पछि सत्य तथ्य जाँच बुझका लागि दबाब दिन डोटीको टोली बाजुरा सदरमुकाम मार्तडी पुगेको छ । टोलीमा नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष योगेन्द्र बलायर , नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, मृतक खड्काकी आमा मन्धरी देवी खड्का , दाजु कृष्ण खड्का, विजय खड्का र जित खड्का रहेका छन् ।
१४ महिना अघि बाजुराको बुढीनन्दा दर्शनका लागि गएर बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स, आइडीकार्ड, लाइसेन्स लगायतका सामान भेटिएका छन् । उनको कङ्कालसमेत भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिए ।