आज: 

भुटानलाई हराउँदै नेपालले जित्यो साग फुटबलको स्वर्ण पदक

२४ मंसिर २०७६, मंगलवार १९:१५ मा प्रकाशित ( ९ महिना अघि)
शिलशिला
281 Views

काठमाडौं, मंसिर २४
नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । फाइनल खेलमा नेपालले पाहुना टोली भुटानलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक स्वर्ण पदकमा बाजी मार्न सफल भयो ।
आज (मंगलबार) काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाली टोलीले २–१ को जित निकाल्दै साग फुटबलमा तेस्रो तथा यसपटकको सागमा देशका लागि समग्रमा ५१औं स्वर्ण पदक जित्न सफल भयो ।
करिब १८ हजार घरेलु दर्शकको साथ र हौसला पाएको नेपालले भुटानविरुद्ध सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बक्समा भएको अवसरमा कुनै गल्ती नगरी अभिषेकले बललाई जाली चुमाएपछि नेपालले सुरुआतमै खेलमा अग्रता बनायो ।तर, खेलको ३७औं मिनेटमा भुटान खेलमा फर्किएको थियो । जहाँ भुटानका कप्तान चेन्चो ग्याल्सेनले सुन्दर गोल गरेपछि पहिलो हाफ १–१ मा सकिएको थियो ।