आज: 

प्रेम दिवासको दिन फूल उपहार दिनु को अर्थ

२ फाल्गुन २०७६, शुक्रबार १०:४१ मा प्रकाशित ( ७ महिना अघि)
शिलशिला
484 Views

रातो गुलाफ : रातो गुलाफ प्रेम र मनो भावनाको प्रतीक हो। प्रेम दिवसका बेला सबै भन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुन्छ। त्यसलाइ प्रेम प्रस्तावका रुपमा पनि लिइन्छ। दिएको फूल स्वाकार गर्नु प्रेम प्रस्ताव स्वाकार गरेको कुराको प्रतीक हो। गुलाफी गुलाफ : मित्रता र मुटुको धड्कनको प्रतीक गुलाफी गुलाफ हो। प्रेम दिवसमा गुलाफी गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्किरहेको छ भन्नु हो। सेतो गुलाफ : सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले पठाइन्छ। भावुकताले भरिएको सन्देश दिन सेतो गुलाफले महत्त्वपूर्ण भूमिका खेल्छ। पहेंलो गुलाफ : मित्रता गाढा होस् भनेर पहेंलो गुलाफ आदान प्रदान गरिन्छ। पहेँलो गुलाफ मित्रताको प्रतीक हो। कालो गुलाफ : कालो गुलाफ बिदाईको प्रतीक हो। यदि बिशेष कुनै कारणवस प्रेम सम्बन्ध जारीराख्न सम्भव छैन भने कालो गुलाफ दिए आफ्नो कार्य पूरा हुन्छ। सेतो गोदावरी : सेतो गोदावरी प्रेम प्रकट गर्ने चाहनाको प्रतीक हो। यदि कुनै कारणवस मुखले प्रेम प्रकट गर्ने साहस नभए सेतो गोदावरी दिएर आफ्नो मनको ईच्छा प्रकट गर्न सकिन्छ। कमल : कमलको फूल सुन्दर रुप सुन्दर हृदय र सुन्दर्ताको प्रतीक हो। कमल अर्थात सुन्दर नयन , सुन्दर रुप र कोमल हृदय। कसैलाई सुन्दर्ताको रुपमा प्रदान गर्न कमलको फूल प्रदान गर्न सकिन्छ। सिउडी : सिउँडीमा काँडा हुन्छ तर यसको फूलमा सन्देश लुकेको हुन्छ। यो फूलले जीवन सङ्घर्षमा उत्साहित रहनु पर्ने सन्देश दिन्छ। अत: कसैलाई उत्साहित गर्न सिउँडिको फूल उपहार दिइन्छ। सानो सुर्यमुखी फूल : सुर्यमुखीको फुल पुजा, भक्ति तथा गहिरो प्रेमको प्रतीक हो। यदि कसै प्रति अत्यधिक श्रध्दा छ भने यश प्रकारको फूल प्रदान गरिन्छ। ठुलो सुर्यमुखी फुल : यो फूल अंहकारको प्रतीक हो। यदि कोहि अंहकारी छ भने यो फूल दिएर नम्र एवंम मन्द बन्न अनुरोध गरिन्छ। पहेंलो सयपत्री : पहेंलो सयपत्रीलाइ संस्कृतिको प्रतीक मानिन्छ। यो फूल कला रिती तथा संस्कृति प्रति अनुराग राख्नेहरु प्रति गरिने सम्मानको प्रतीक हो। ईश्वरको पुजा र अन्य महोत्सवहरुमा पहेंलो सयपत्री प्रदान गरिन्छ। डेजी : यो फूल प्रसंसाको प्रतीक हो। प्रियजन तथा नातेदारहरु लाई खुसीयाली र प्रसंसाको सन्देश दिन यो फूलको प्रयोग गरिन्छ। चमेली जुही : चमेली जुही फूल निकट्ताको प्रतीक हो। दिनको मधुर सुगान्धले जस्लाइ पनि आकर्षित र ऊ सग निकट्ताको अनुभव गरिएको छ भने चमेली जुही फूल प्रयोग गर्न सकिन्छ।