आज: 

नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो।

५ फाल्गुन २०७६, सोमबार १७:०७ मा प्रकाशित ( ७ महिना अघि)
शिलशिला
468 Views

नगरकोट एक शान्त र प्राकृतिक विविधताले भरिपूर्ण त छदै छ साथै । नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो। नगरकोट काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोट उच्च पहडी भेगमा पर्दछ चारै तिरबाट वन तथा जंगलले घेरिएर रहेको छ। लोप हुनलागेको “हरियो वन नेपालको धन” भन्ने भनाईलाई यहाँ सार्थक भएको देख्न पाइन्छ। यहाँ जडिबुटी खेतिको प्रचुर सम्भावना रहेको छ। साथै वरपर रहेको बालवन भनिने जंगलमा अनेक किसिमका बोटबिरुवा र जीवजन्तु बसोबास गर्दछन। यो बन जंगलले काठमाडौं उपत्यकाको लागि केही मात्रामा जलाधारको पनि काम गरेको छ। यस स्थललाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ। बडामहाराज पृथ्वीनारायण शाहको सेनाले परशुराम थापाको नेतृत्वमा बि.सं. १८०१ असोजमा नाल्दुम महादेवपोखरी(हालको नगरकोट) माथि विजय प्राप्त गरि यसलाई भक्तपुरलाई हस्तान्तरण गरिएको कुरा इतिहासमा लेखिएको छ । र नगरको कोतलाई यहाँ सारेको र लामो समयसम्म नगरको कोत रहेकाले यसको नाम नगरकोट रहेको हो भनि अड्कल काटिन्छ । यहाँ राणाकालिन दरबारहरू पनि रहेका छन।यो राणा शासकहरूको मनोरञ्जतथा समय बिताउने स्थान थियो । यहाँ रहेको पुतली दरवार , भँगेरी दरवार अहिले सम्म पनि प्रख्यात रहेको छ। तर सबै दरबारहरू २०१८ सालमा नेपाली सेनाको नगरकोट स्थानानतरण भए पछि दरबारहरू सेनाको अधिनमा पर्‌यो र अहिले जीर्ण रहेकाले भत्काई नयाँ बनाउने कार्य हुँदैछ । ग्रामीण जीवन शैली र बहुधार्मिक र बहुभाषिक केन्द्रका रूपमा पनि लिनुपर्ने हुन्छ। यहाँ बसोवास गर्ने मुख्य जातिहरूमा तामाङ्ग गुरुङ बाहुन-क्षेत्री हुन् यिनीहरूमा धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेको छ तर नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक सह अस्तित्वको नमुना पनि बन्दै आएको छ। यहाँ खान तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन्न । नगरकोट भक्तपुर जिल्लाको एउटा गाउँ विकास समिति रहे पनि मुख्य पर्यटकीय स्थल भने काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ।