आज: 

कविता Sorry

१६ फाल्गुन २०७६, शुक्रबार २१:५२ मा प्रकाशित ( ७ महिना अघि)
शिलशिला
562 Views

 

पहिलो चोटी कसैको निम्ति मन रोएकोथ्यो
जब तिमीलाई कसैले चिमोटेकोथ्यो
माया नगरी कोमल पाखुरी निमोठेकोथ्यो ।

राता भएका थिए तिम्रा ति निर्दोस गालाहरू
पिडाले भरिएका थिए ती निरस ओठहरू
तर मैले टुलुटुलु हेरिरहनु बाहेक केही गर्न सकिन
किनकी मलाई धर्म सङ्कटले बाँधेकोथ्यो ।

म त पढ्न सक्छु तिम्रा हरेक भावनाहरू
तिम्रै खुशीका निम्ति मेरा हर कामनाहरू
तर मेरा भावना तिमी कहाँ बुझ्छेऊ
किनकी तिम्रो आँखा कालो पट्टीले बाँधिएथ्यो ।

भोलि हुन्छ कि त भेट अझै पनि आश छ
तिम्रै प्ततिक्षामा अल्झिएको सास छ
मलाई लाग्दैन विश्वास तिम्रो दिलमा मेरो बास छ
किनकी यी सबै कुराको भान गराउने तिम्रो बेवस्ताथ्यो ।
हराएको मान्छे ।।।।। ।

-लेखक सत्य मोहन शंखर