आज: 

दिपकराज पाठकको “तिम्रो दिलको चाबी “

१७ फाल्गुन २०७६, शनिबार १५:०१ मा प्रकाशित ( ७ महिना अघि)
शिलशिला
396 Views

गीतकार तथा निर्देशन दिपकराज पाठकको “तिम्रो दिलको चाबी ” बोलको गीत बजारमा सार्वजनिक भएको छ । सधै भरि माया प्रेम अनि बिरहको गीत लेख्ने गीतकार एबंम निर्देशक दिपक राज पाठकले आफ्ना सम्पुर्ण श्रोता दर्शकलाई नयाँ टेष्टको गीत पस्केका छन। “तिम्रो दिलको चाबी” बोलको गीतमा आफैले निर्देशन गरेका छन। पाठकको शब्दमा संगीत र एरेन्ज बिपिन आचार्यको रहेको छ । यस गीतमा चर्चित गायिका माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको आवाज रहेको छ। झट्ट सुन्दा उदित नारायण झा को जस्तो स्वर लाग्ने राजनले २०५५ सालमा रेडियो नेपालमा स्वर परिक्षा उतिर्ण गरेका थिए । यस गीतको म्युजिक भिडियोमा चर्चित नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीको धमाकेदार नित्य देख्न सकिन्छ । यस भिडीयोमा प्रमोद के भण्डारीको कोरियोग्राफी, बासु बरालको छायांकन रहेको छ भनि सम्पादन शिलान लम्शालले सम्पादन गरेका छन । भिडियोमा अस्वल श्रेष्ठले पनि अभिनय गरेका छन । पहिलो पटक मैले राम्रो भिडियो निर्देशन गरे र चारैतिर बाट मलाई तारिफ आएको छ गीतकार एबंम निर्देशक पाठकले भने। यस गीतको भिडीयो गीतकार एबम निर्देशक दिपक राज पाठकको दिदि हाल क्यानडा निवासी सुश्मा खरेल श्रेष्ठलेको बिशेष सहयोगमा निर्माण भएको उनले बताए ।