आज: 

गजल “प्रयास” जारी छ ।

३ चैत्र २०७६, सोमबार १६:३४ मा प्रकाशित ( ६ महिना अघि)
शिलशिला
479 Views

प्रयास हिजो पनि थियो , लगातार आज पनि जारी छ
विपना त टाढाको कुरा हो हजुर, सपना निक्कै पारी छ

कलम चलाउदा चलाउदै, जिन्दगी चलाउन बिर्सिएछ हेर
त्यसैले जीवन हिजो अनि आज सधैँ, एकनास सरावरी छ

पेटको गरिबी हो हजुर यो छोपिदैन, लुक्दैन क्यै गरेपनी
कैलोमैलो फुटेका यी फोहोर खुट्टामा, पनि जिम्मेवारी छ

नग्नतामा हुर्किएर पढी बढेको, छोरो हुँ हजुर लाग्दैन लाज
जागिरे त छैन तरैपनी काधँमा साहुको , ऋणको भारी छ

समस्यासंग लड्दै अनि जुध्दै, हिड्न सिकेको छु बिस्तारै
त्यसैले होला फुस्रो अनुहार अनि, गालामा निक्कै दारी छ

✍️✍️✍️राजेश स्पन्दन, भक्तपुर