आज: 

गजल “नशाले मलाइ मताउदै छ”

४ चैत्र २०७६, मंगलवार १७:३० मा प्रकाशित ( ६ महिना अघि)
शिलशिला
465 Views

निदाउने प्रयाससंगै आजकाल, ब्युझिन्छन रातहरु
आउछन जब बिथोल्न यो , मनलाइ ती यादहरु

ढकमक्कै फुलिसकेको फुल, हुरीमाझ बिलिन हुन्छ
जब अपुरो हुन्छ अनि नटुङ्गिदै , सकिन्छ्न बातहरु

जारी छ प्रयत्न त अझै पनि, निदाउने सधैको लागि
तर बोतल भरिएर छछल्किन्छन , वैशालु मातहरु

नशाले मलाइ मताउदै छ, गलाउँदै छ बेसमारी किन
आएछन क्यार ब्युझाउन मलाइ, समयका लातहरु

चिरिदैँछु भित्रभित्रै बिस्तारै बिस्तारै, म आफैमा आज
सम्झनामा आउछन याद जब , मायालुको घातहरु
✍️✍️✍️राजेश स्पन्दन, भक्तपुर