आज: 

वडाध्यक्ष बोहराले घरघरमा माक्स र साबुन बितरण ।

१७ चैत्र २०७६, सोमबार १७:४२ मा प्रकाशित ( ६ महिना अघि)
शिलशिला
451 Views

धन बहादुर बोहरा _बाजुरा, चैत १७,२०७६

विश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना सम्भावित जोखिमलाई लक्षित गरीे बुढिनन्दा नगरपालिका वडा नं ३ ले माक्स साबुन वितरण गरेको छ । वडा नं ३ मा रहेका प्रत्येक घरधुरीलाई आज घरघरमा पुगेर मास्क र साबुन बितरण गरिएको हो । वडा नं ३ वडा कार्यालयको सहयोगमा माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी वडामा रहेका प्रत्येक घरपरिवारलाई एकएक निशुल्क माक्स साबुन वितरण गरीएको वडा अध्यक्ष राम बहादुरले बताउनु भयो । वडा अध्यक्ष बोहराले वडामा रहेका सम्पुर्ण नागरिक हरुलाई रोगले नछाओस् भन्दै प्रत्येक घरपरिवालाई माक्स र साबुन वितरण गर्नु भएको थियो । उहाँले सम्पुर्ण नागरिकहरुलाई कोराना भाईरस् बाट बच्न सरसफाईमा ध्यान दिन र धेरै भिडभाडमा नजान पनी अपिल गर्नु भएको छ । बिश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना भाईरस रोग लाग्न सक्ने सम्भावना पनि बढि भएकाले यस बाट बच्न आफुले सावाधानी अपनाउन पहिलो चरणमा माक्स र साबुन बितरण गरेको वडाध्यक्ष बोहराले बताउनुभयो । कोरोना भाईरस फैलीन नदीन आफ्नो आफ्नो क्षेत्रबाट एकजुट भएर लाग्नु पर्ने पनि बताउनुभएको छ । वडा अध्यक्ष राम बहादुर बोहरा कार्यपालिका सदस्य साईमल ल्वार दलित महिला सदस्य रिउली ल्वार र स्वास्थ्यकर्मी गोबिन्द्र बुढा पत्रकार धन बहादुर बोहरा वडा कार्यालयका कार्यालय सहयोगी रमेश बोहरा लगाएतको टोलीले माक्स र साबुन बितरण गरिएको छ ।