आज: 

भक्तपुरको जगातीमा पाँच सय भन्दा धेरै मानिसहरु दुई दिन देखी अलपत्र l

७ बैशाख २०७७, आईतवार २१:५८ मा प्रकाशित ( ७ महिना अघि)
शिलशिला
271 Views

काठमाडौं, ७ वैशाख,भक्तपुरको जगातीमा पाँच सय भन्दा धेरै मानिसहरु दुई दिन देखी अलपत्र परेका छन्। काठमाडौं बाट हिडेर घर जान लागेका मानिसहरुलाई प्रहरीले रोकेको हो। रामेछाप, सिन्धुली, बर्दिबास, ओखलढुंगा जानी मानिसहरुको भिड छ। कोरोनाको सक्रमण बढेसगै सहर छोडेर गाउँ जाने मानिसहरुको दिन प्रतिदिन बिचल्ली भएको छ। हिज देखि प्रहरीले उनिहरुलाई कोरोनाको चेकजाच गरि पाल टांगेर खान र बस्नको ब्यावस्था मिलाईदेको छ। पैसा हुनीलाई गाडी रिजप गरेर घर सम्म जानी बाताबरण मिलाईदेको छ। पैसा नहुनेहरु यतिखेर बिचल्लीमा परेका छन्। काखमा साना-साना नानीहरु बोकेर सडकको पेटिमा बसेका छन। हावा हुरि सिमसिम पानी परिरहेको छ। यो दृश्य देख्दा सबैको मन रुन्छ। सरकारले मजदुरी गरेर बिहान बेलुका छाक टार्ने परिवारलाई उचित राहतको ब्यावस्था गर्न नसकेको देखिन्छ। हिडेर घर जान लागेका उनिहरुलाई सरकारले घर सम्म पुराईदिने  ब्यावस्था मिलाई दिए कोहि पनि बाटोमा अलपत्र पर्ने थिएन्न।