आज: 

यसरी भएको थियो मानवको उत्पत्ति र विकास

१२ जेष्ठ २०७७, सोमबार १९:१५ मा प्रकाशित ( ४ महिना अघि)
शिलशिला
233 Views

अध्यात्मवादी चिन्तनले पृथ्वीमा जीवको उत्पत्ति कुनै अलौकिक शक्ति वा ईश्वर बाट भएको थियो भन्ने मान्यता वर्तमान समयमा त्यो झुठ हो भन्ने सवित भईसकेको छ । हिन्दु दर्शन, ईसाई दर्शनका विरुद्धमा A.J. Oparin ले सन् १९३६ मा आफ्नो किताब “The Origin of Life” मा यो कुराको पुष्टि गरेको छ कि आज भन्दा करिब ५०–६० करोड बर्ष पहिले पृथ्वीमा अवस्थित कार्वन, हाईडेजन, नाईटेजनका यौगिक, विभिन्न खनिज पदार्थ र अत्याधिक तापको उपस्थितिमा ब्रोथ (Broth) तयार भएको र त्यहि ब्रोथबाट प्रोटिन बनेको उल्लेख गरिएको छ । प्रोटिका ईकाइहस् मिलेर भाइरस, ब्याक्टेरिया जस्ता अविकसित जीवको उत्पक्ति भयो । ती जीवहरु पानीमा बस्थे । वायुमण्डलमा अक्सिजन थिएन । अत : यी जीवहरु खानाको रुपमा अरु रसायनमा निर्भर रहन्थे । जीवमा हरितकणको विकास पछि वायुमण्डलमा रहेको कार्वनडाइ अक्साइड र पानीको सहायताले ग्लुकोज र अक्सिजन बनाए ।
वायुमण्डलमा अक्सिजन ग्याँसको उपस्थिति भए पछि मात्र अक्सिजनमा बाँच्ने एक–कोषीय जीवको विकास भएको हो । एक–कोषीय जीव अथवा प्रोटोजोआ (Protozoa) बाट पोरिफेरा,(Porifera) हुँदै सेलेन्टेरेटा (Coelenterata), प्लेटिहेमिन्थस, (Platyhelminthes) निमाटोडा, (Nematoda) एनिलिडा, (Annelida) आर्थोपोडा, (Arthopoda) मोलस्का, (Mollusca) इकाइनोडरमाटा, (Echinodermata) प्रोटोकर्डाटा, (Protochardata) साइक्लोस्टोमाटा, (Cyclostomata) पाइसिस, (Pisces) उभएचर (Amphibia) , सरिस्रिप (Reptilia), एभ्स (Aves) र स्तनधारी (Mammalia) सम्म करोडौ वर्षमा विकास भएको हो भन्ने तथ्य चाल्र्स रोवर्ट डार्विनले त्रmमविकासको सिद्घान्तमा देखाउनु भएको छ । पेरिपेटस (Peripatus) , भन्ने जन्ने जन्तुले एनिलिडा र आर्थोपोडाको गुण देखाउँछ । प्लेटिपस (Platypus) जन्तु स्तन धारी भएर पनि अण्डा पार्छ । आर्कियोपेट्क्सि (Archeopteryx) पंछी हो तर पनि उसमा सरिस्रिपका गुणहरु पाइृन्छन् । यी सम्बन्धहस् किन रहे? चरा, चमेरो, ब्हेल, घोडा, मान्छेका हात तथा खुट्टाका हड्डी किन एउटै प्रकारको भए? प्रोटोप्टेरस (Protopterus) भन्ने माछाले सुख्खा मौसमा फोक्सोले स्वास फेर्छ । प्रोटोजोआ देखि स्तनधारी जीव सम्म कोषको विभाजन प्रत्रिmया एउटै छ । प्रोटोजोआ देखि स्तनधारी जीव सम्म टइपसिन (Trypsin) इन्जाइमको किन एउटै काम भयो ? किन जीवको विकास चाहे एककोषीय हास् वा बहुकाषीय, सधै एककोषीय जाइगोट (Zygote) बाट मात्र भयो ? यी सब तथ्यले के कुरा स्पष्ट पार्छ भने मानवको विकास त्रmम–विकासको सिद्धान्तमै आधारित छ । त्यसो भए मानवको सब भन्दा नजिकको पूर्खा कौ हो त ? बाँदर –
हो बाँदर ।

चाल्र्स डार्विनको यो विचारले त्यतिखेर (सन् १८५९) संसारभरी नै हलचल मच्चायो । उनको विचारलाई ईसाइ धर्मका पादरीले पागलपनाको संज्ञा दिए तर, तथ्य तथा विज्ञानसम्मत तर्कहरुको आधारमा व्यक्त गरिएको डार्विनको विचारले विश्वमा चाँडै नै ब्यापक स्प लिन थाल्यो । मानवशास्त्रीका अनुसार बाँदर तथा अपुच्छ (Apes) अर्थात् गोरिल्ला, गिब्बन्स, चिम्पाञ्जी, ओराङ्गओटाङ्ग जस्ता जन्तुहरु आज भन्दा छ करोड ५० लाख वर्ष पहिले रुखमा जीवन बिताउँथे । तर पछि आएर ती अपुच्छ समुदायहरु मध्येको एक प्रजाति रुखबाट तल ओर्लेर जमिनमा जीवन व्यतीत गर्न थाल्यो जसलाई सिलोपिथेकस (Silopithecus) नामले चिनिन्छ । यो जीव आजको सानो बाँदरको आकार थियो । दुई खुट्टाले हिड्ने प्रयास गर्थे । सिलोपिथेकसबाट डयोपिथेकस (Dryopithecus =Procosul) २ करोड ५० लाख वर्ष पहिले उत्पत्ति भएको अनुमान गरिएको छ । यी जीवहरुसंग मानवका गुणहरु कम थिए । यसर्थ यी जीवहरुलाइृ होमिनिड (Homonides) भनिन्छ, जुन समुदायबाट मानवीय गुण भएका प्राणीको जन्म भयो ।
प्रथम पटक मानवका गुणहरु स्पष्टसंग देख परेका नरबानर एस्ट्ेलोपिथेकस (Austrialiopithecus) को उत्पत्ति करीब ३० लाख वर्ष पहिले भयो । थुप्रै जीबावशेष अफ्रिकाको सुख्खा भुमिमा पाएका र यी जीवहरु बस्तुहरु समात्न हातको प्रयोग , इसाराद्धारा विचारको आदानप्रदान र शिकार गर्न ढुङ्गा, लठ्ठीका प्रयोग गर्थे । दिमागी क्षमत ४५०–६०० CC सम्म भएका यी नरवानरको स्थायी बसोबस थिएन । र यो क्रम होमो हेविलस (Homohabilus) सम्म कायम रह्यो । होमो हेविलसको दिमागी क्षमता ७०० CC छ यसर्थ पनि यो जीव एस्ट्ेलोपिथेकस भन्दा बढी चतूर र सु–संस्कृत हुनु स्वभाविक छ । खुल्ला घाँसे मैदनमा सिधा उभिएर हिड्ने यी जन्तु शिकारका लागि कच्चा ढुङ्र्गाका औजारहस् बनाउन जान्थे । यो अवधि करीब आज भन्दा २० लाख वर्ष अघि सम्म थियो । यो जंगली युगको निम्न चरणमा पर्छ जहाँ प्रकृतिमा पाईने बस्तुको जस्ताको तस्तै प्रयोग गरिन्थ्यो । जंगली युगको मध्यचरणमा मात्र होमो इरेक्टस (Homo eroctus) ले आगोको आविस्कार र भाषाको विकास गरे । रुखका हाँगा ल्याई छाप्रा बनाएर सुरक्षित भएर बस्ने सीप भएको प्राणीले परिवारको विकास ग¥यो । नदिको प्रवाह र समुन्द्रतह हुँदै आफ्नो जंगली अवस्थामा पनि पृथ्वीको अधिकांश भागमा बसोबास गर्ने काम भयो ।
पूर्व जाभामा उत्खन्नबाट प्राप्त पिथेक्यानटेपस (Homoerectus pithecanthropus) हात – हतियारको निर्माण गर्न सक्षम रहेको पुष्टी भएको छ । यसको दिमाग क्षमता ९०० CC थियो । यिनको स्पष्ट चिउँडो थिएन तर आँखी भै आधुनिक अपुच्छको जस्तो थियो । पेकिङ्ग गुफाबाट उत्खनित होमो इरेक्टस सिनेनटेपस (Homo erectus sinanthropu) ज्यादै चतुर र दुरदर्शी स्वभावको थियो । यसको दिमागी क्षमता १०७५ CC थियो। उत्खनन्बाट प्राप्त १४ बर्ष मुनिका बाल–बालिकाको मात्र अवशेष पाइनाले के स्पष्ट हुन्छ भने यी जीवको आयु ज्यादै कम भएको हुनुपर्छ । २ लाख ५० हजार देखि ३ लाख ५० हजार वर्ष पहिले सु–संस्कृत मानव होमो सेपियन्स (Homo sapiens) को विकास भयो । समाजको विकास, श्रमको विभाजन, धर्म र संस्कृतिको विकास यस समुदायबाट भएको थियो । यो जंगली युगको उन्नत चरण हो । जहाँ जंगली पशुपंक्षीको मासु यी मानवको स्थायी भोजन पदार्थ बन्न गयो र शिकार मानव श्रमको एक सामान्य क्षेत्रको रुपमा परिणत भयो । बचाउ र शिकारको लागि औजारको प्रयोग हुन थाल्यो । धनु, ताँदी र वाण जस्ता अस्त्रहरु निकै परिस्कृत थिए, जसको अनविष्कारको लागि निकै लामो अवधिदेखि संचित अनुभव तथा अति तीक्ष्ण बुद्धि एवंम् यथेष्ट मानसिक क्ष्मताको आवश्यकता थियो । होमो सेपियन्स नेल्डर थाइलेन्सिस (Homo Sapiens neanderthalesis) करीव १ लाख ५० हजार वर्ष सम्मको समयमा युरोपमा र एसियामा रहेका थिए । दिमागी क्षमता आधुनिक मानव (१६०० CC) को दाँजोमा थियो (१४५० CC)। एसियामा विकसित अर्काे प्रजाति क्रो –म्याग्नन (Cro–magnan) को दिमागी क्षमता करीब १६०० CC थियो ।
आधुनिक मानव भन्दा सु–संस्कृत र तेजिलो दिमागका यी जन्तु परिवारका साथ गुफामा बस्थे । रंगीन चित्रकला कोर्न जान्ने र पछि गुफाबाट बाहिर निस्की जमीनमा स्थायी बसोबास गरेको हुनुपर्छ भन्ने मावनशास्त्रीको मान्यता रहेको छ । ठूला संख्यामा छोपिएका मानव कंकालहरु भेटिएबाट नेण्डरथालहरु आफ्ना मानिसहरु मर्दा प्रेम र दुःखका साथ दाहासंस्कार गरी मुर्दालाई जमीनमा गाड्ने गर्थे । सम्भवतः यहि समय देखि मानवमा धार्मिक आस्थाहरुको जन्म भएको हुनुपर्छ । व्यक्तिगत रुपमा प्रयोग गरिने अर्थात् उनीहरुको शरीरमा रहने उपरोक्त चीजलाई उनीहरुको लाशसंगै गडिन्थे । यसको प्रमाण इजिप्टमा अवस्ति पिरामिडमा रहेको ममी (Mummy) संगको गर–गहनाले पुष्टि गर्दछ । अथवा भनौ यो आदिम साम्यवादी युग थियो जहाँ मानिस आफ्नो व्यक्तिसित नगाँसिको चीजलाई आफ्नो व्यक्तिगत बनाउने कुरासम्म पनि कल्पना गर्न सक्दैनथ्यो । क्रो–म्याग्ननको उत्पत्तिले नेण्डरथाल मानवको लोप भयो । क्रो–म्याग्नन मानव एसियाबाट युरोप, अफ्रिकामा बसाई सर्दै रह्यो । यो क्रम संगसंगै उसले खेतीपाती गर्न, अन्न जम्म गर्न, पशुपालन गर्न जस्ता विभिन्न सामाजिक क्रिया सिक्यो । यसरी एक नरबानर जंगली युगबाट उन्नत चरण हुँदै अब बर्वर युगसम्म आइपुग्छ जहाँ उसले उत्पादनको वृद्धि गर्ने तकिाहरु सिक्छ ।
the_evolution_of_man_ages
अन्तमा एउटै प्रश्न बाँकि रह्यो । त्यो के हो भने होमिनिङ कसर िहोमो सेपिन्स्सम्म विकास भयो जबकि त्यहि अपुच्छमा अहिलेसम्म सु–संस्कृत समाजको विकास भएको छैन । यसको श्रय–श्रम हो । श्रमले नै होमिनिङबाट आधुनिक मानवसम्म विकास गरायो । चार खुट्टाबाट दुई खुट्टाले हिड्न खोज्नु यसको पहिलो पाइला थियो । पछि मानवरुपी नरवानर बन्यो । हात श्रमको अंग मात्र हाईन, श्रमको उपज पनि हो । श्रमद्धारा हातलाई नौला – नौलो कामहरु ग्र्न लायक पारेर, माशंपिण्ड, नसा र अधिक लामो समायावधिमा हाडहरुको विशेष विकासलाई भावी सन्तानले ग्रहण गरेर र पूर्खाहरुबाट प्राप्त उक्त कार्य क्षमतालाई नौला, झन झन अप्ठ्यारा कामहरु गर्नमा प्रयोग गरेर आम मानवीय हातले उच्च स्तरीय पूर्णता प्रदान गरेको छ, जस्ले गर्दा उसले राफलका चित्रकला, धोर्वादखेनको मूर्तिकला र पागनिनिको संगीतलाई जन्माउन सकेको छ । तर हात एउटा छुटै चीज थिएन । मानवीय हातको विस्तार–विस्तार बढ्दो पूर्णताले र सोझो भएर हिड्नका लागि खुट्टाहरुको समानान्तर विकास, परिस्थिति र वातावारण अनुकुल आफुलाइृ ढाल्ने क्षमताले र उपयुक्त पारस्परिक सम्बन्धले गर्दा शरीरका अरु अंगहरुमाथि विकासले जुन ठाडो दृश्यगत प्रभाव पा¥यो त्यो निकै महत्वपूर्ण छ । यो नै बाँनर र मानबीचकोअन्तरको कसी हो जसको उपज श्रम नै रहन्छ ।