आज: 

विशाल बि.सि को लोक पप गीत “फोनमै सल्लाह भो ” सार्वजनिक

२३ श्रावण २०७७, शुक्रबार १३:०५ मा प्रकाशित ( १ महिना अघि)
शिलशिला
157 Views

भक्तपुर  । गायक विशाल बिसी र करिश्मा मगरले “फोन मै सल्लाह भो” बोलको लोक पप गीत डिजिटल बजारमा लिएर आएका छन । गीत माया प्रेमको बारेमा बनेको छ । उनले फोन मै घरजम गर्ने कुरा गरेका छन ,गीतमा ठट्यौली पाराको शब्द रहेको छ ।
यस गीतमा शब्द /संगीत टेकराज अछामिको रहेको छ भने गीतमा सुमधुर स्वरका धनी गायक विशाल बि.सि र करिश्मा मगरको रहेको छ । यस गीतमा र्‍याप टेकराजको रहेको छ । संगीत संयोजन सन्तोष सुनामले गरेका छन ।

उक्त गीतको भिडियोमा कलाकार आयुष्मा ढकाल र गायक विशाल बि.सि स्वयमको अभिनय रहेको भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका छन भने सिनेमाटोग्रफी बिक्रम बराल पाण्डेको रहेको छ ।

यो गीतको म्युजिक भिडियो टेकराज अछामी युट्युब च्यानलमार्फत सार्वजनीक भएको छ ।