आज: 

सोम सुब्बाको ‘छाडी गयौं’मा फरिता र दिनेशको अभिनय (भिडियो सार्वजनिक)

१२ भाद्र २०७७, शुक्रबार १४:२२ मा प्रकाशित ( ४ हफ्ता अघि)
शिलशिला
266 Views

सोम सुब्बाको नयाँ आधुनिक गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको छ । उनकै शब्द रचना र भुपु पाण्डेको संगीत र एरेन्जमा तयार पारीएको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिलन पछीको बिछोड,हासो पछिको आँसुको कथा  चित्रण गर्न खोजिएको भिडियोमा फरिता खडका र दिनेश कडायतको अभिनय रहेको छ । भिडियोलाई  शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने दिपक गिरीको छांयाकन रहेको  उक्त भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन ।

नेपाली क्लोथिङ एण्ड कस्मेटिक(देव गौतम)को बिशेष सहयोगमा बनेको भिडियोलाई  गायक स्वयम सोम सुब्बाको Official Youtube Channel मार्फत सार्वजनिक गरिएको हो ।